"We Make A Better Nation Together"

About Us    News    Activities    Members    Photo Gallery    Contact Us    Home   
कन्सर्न नेपाल सहकारीमा स्वागत

बागलुङ, १९ मंसिर

कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङमा दधिकोट–१६, भक्तपुरबाट अवलोकन भ्रमणमा आएको गाम्चा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको टोलिलाई एक कार्यक्रम बीच स्वागत गरेकोछ ।
सहकारी–सहकारी बीच भावनात्मक सम्बन्ध कायम गर्दै आपसी समन्वयको आधारमा संचालकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काको

नेतृत्वमा १३ जनाको संचालक समिति तथा सल्लाहकार टोली अवलोकन भ्रमणमा पोखरा, मुक्तिनाथ हु“दै बागलुङमा आई पुगी कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेका थिए । उक्त कार्यक्रमा संस्थाका अध्यक्ष के. वी. शाहीले सबैलाई फुलको गुच्छाद्वारा स्वागत तथा संस्थाको संक्षिप्त परिचय एवं गतिविधि बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै गाम्चा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास खड्काले दुबै संस्थाको उद्देश्य उटै व्यापारिक मात्र नभै समाज सेवा रहेको र प्रति सदस्य एक एक सय शेयर रकमबाट संचालन गरेको जानकारी गराउनु भयो । सल्लाहकार रत्न काजी मानन्धरले अवलोकन गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष के.वि. शाहीको अध्यक्षता रं संचालन सहसचिव हरिकला थापाले गर्नु भएको थियो ।

पोर्टेज कार्यक्रम नेपालको परिचय :

जन्मे देखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरु, जो बढ्दो उमेरको अनुपातमा विकासमा ढिलाई भएका तथा शारीरिक, मानसिक र ज्ञानेन्द्रिय समस्या (अपाङ्ग) भएकाहरुको लागि ढिलाई भएका क्षेत्र(हरु) छिटो भन्दा छिटो पहिचान गरि त्यसमा सुधार ल्याउन (Early Intervention) र सके सम्म अरु थप समस्याहरु नआउन भन्ना खातिर बच्चामा केन्द्रित भई मूलतः अभिभावकलाई नै महत्वपूर्ण मानिएर संचालन गरिने एउटा सेवा मूलक कार्यक्रम, पोर्टेज कार्यक्रम हो ।


यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको Wisconsin राज्यको पोर्टेज नाम गरिएको ठाउँबाट लामो समयको अध्ययन, प्रयोग, परीक्षण र बैज्ञानिक अनुसन्धान पश्चात सन् १९६९/१९७० देखि शुरुवाट भएको थियो । नेपालको सन्दर्भमा वि.सं. २०५८ बैशाख १ गते देखि मात्र पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाको बनेपा न.पा.को वडा नं. ३ र ११ र टुकुचा नाला गा.वि.स.को वडा नं. ७, ८ र ९ मा यो कार्यक्रम औपचारिक तर परीक्षणको रुपमा शुरु भएको थियो । हाल कन्सर्न नेपाल बागलुङमा पनि यो कार्यक्रम शुरु गरिएकोछ ।

CN-Saving & Credit Cooperative Society Ltd.

Introduction: Concern Nepal Saving and Credit Co-operative Society Ltd., (CN-SACCOS) was established by the members of Concern NEPAL (CN) Baglung on Tuesday, 18 October 2011 (1st. Kartik 2068) with the aim to provide financial support in the quick and easy process to the small business enterprises and industries. It provides various saving schemes to the depositors with the attractive interest rates. This will definitely help to enhance the economic status of its members as well as for the development of the nation. We will be very happy to receive comments and suggestions from your side so that we can better improve our services.

SERS Team

Teachers Training On Special Education

CN Image



"Helping CHILDREN Help THEMSELF"

Our Links


© Copyright 2014 Concern Nepal. Web Developed: www.airwebtech.com